काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न तीन व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताएका छन् ।
घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।




















