काठमाडौं । ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमा आत्महत्या प्रयास गरेका छन्।
मुद्दामा हार बेहोरेपछि उनले सुसाइड नोट लेख्दै सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेको बताइएको छ । तर, सुरक्षाकर्मीले समयमै उद्धार गरेपछि उनी सकुशल रहेका छन्।
सर्वोच्च अदालतको सुरक्षामा खटिएका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाले उनी सकुशल रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएका छन् ।




















