काठमाडौँ । नेपाली सेनाका दुई सहायक रथीबाट उपरथीमा बढुवा भएकाहरूलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
यस्तै प्रमुख सेनानीबाट चार जना महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।





















