काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर उक्त घर भासिएको हो। सो घरमा ‘न्यू गण्डकी गेस्ट हाउस’ सञ्चालनमा रहेको थियो।
घर भासिने समयमा भवनभित्र मानिस नभएकाले कुनै मानवीय क्षति नभएको महानगरले जनाएको छ।
वर्षाका कारण घर भासिएको प्रारम्भिक अनुमान गरिएको छ।
यता, प्रहरी वृत्त महाराजगञ्जले घर भासिएको क्षेत्र आसपासका अन्य भवनसमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।




















