काठमाडौं । त्रिभुवन विश्वविद्यालय ले आफ्नो स्वामित्वमा रहेका अतिक्रमण तथा कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
विश्वविद्यालयले केही व्यक्ति, कम्पनी तथा संघ–संस्थाले कानुनविपरीत रूपमा जग्गा तथा अन्य अचल सम्पत्तिहरू कब्जा, भोग तथा नियन्त्रणमा लिएको जनाएको छ। सोही कारण ती सम्पत्ति तत्काल फिर्ता गर्न ताकेता गरिएको हो।
त्रिविको सामान्य प्रशासन शाखाले जारी गरेको सूचनामा तोकिएको ३५ दिनभित्र सम्पत्ति फिर्ता नगरे कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ।




















