काठमाडौं । सामाजिक सञ्जालमार्फत् एक किशोरीको चरित्र हत्या गरेको आरोपमा काठमाडौंबाट २२ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–८ दारीमबोट घर भई हाल काठमाडौं बस्दै आएका अशोक लामा रहेका छन्।
किशोरीका अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम मार्फत प्रसारण भइरहेको भन्ने उजुरीका आधारमा नेपाल प्रहरी साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।




















