काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिक र बस्नेतसहितका नेताहरूले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरूलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए।
कांग्रेसका अनुसार उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँ नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी नेतृत्वले यसलाई कर्णाली प्रदेशमा संगठन विस्तारका रूपमा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।



















