काठमाडौँ । जेनजी आन्दोलनका बेला काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँ का अनुसार खोजतलासका क्रममा शहरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ मा बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ रहेका छन्।
त्यसैगरी काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार उनीहरू डाँका चोरी, मानव बेचबिखन, लागूऔषध तथा ज्यान मार्ने उद्योगलगायतका मुद्दामा कारागार चलान भएका व्यक्ति हुन्।
पक्राउ परेका सातै जनालाई सम्बन्धित कारागारमा बुझाइसकिएको प्रहरीले जनाएको छ।




















