काठमाडौँ । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको टोली पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ।
बिहीबार ललितपुरको कुपण्डोलमा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो। नवनिर्वाचित केन्द्रीय कार्यसमितिबारे औपचारिक जानकारी गराउने उद्देश्यले आयोग पुगेको एक नेताले जानकारी दिए।
यसअघि केहीबेरअघि कुपण्डोलमै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। बैठकबाट गरिएका निर्णयहरू बोकेर कांग्रेसको टोली निर्वाचन आयोग गएको जनाइएको छ।




















