काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । एक टेलिभिजनसँग गरेको अन्तर्वार्तामा उनले आफू सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने बारे सार्वजनिक रूपमा जनाएको हो।
‘म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हुँ। कांग्रेसका बहुसंख्यक साथीहरूले यस ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी मलाई दिनेछन् भन्ने पूर्ण विश्वास छ,’ थापाले भने।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने तय भएको छ।

























