काठमाडौं । जेन जीको प्रदर्शनमा घुसपैठ भएर अशान्त बनेको भन्दै तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको फेसवुक पेजमा एक सुचना जारी गर्दै लेखिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’
























