काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) काठमाडौंबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई हाल अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ ।
यसअघि, २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारको रूपमा सिफारिसमा परेका गोर्खाली अन्तिममा टिकटबाट वञ्चित भएका थिए।

























