काठमाडौं, २२ साउन । ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार ती किशोरी बुधबार दिउँसो १८ वर्षीय केटा साथीको घर गएकी थिइन्। त्यही क्रममा उनी बेहोस भएपछि उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
मृतक किशोरी र केटा साथीबीच प्रेम सम्बन्ध रहेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। घटनापछि केटा साथीलाई प्रहरीले सातदोबाटो प्रहरी वृत्तमा राखी अनुसन्धान अघि बढाएको छ।
किशोरीको शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























