काठमाडौं । ठमेलस्थित एक होटलबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ठमेलको ‘जिउ डिङ युयान बीन गुआन’ होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । कार्यालय प्रमुख एसएसपी रमेशकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन प्रान्तका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षीया जोउ सुमेइ रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा तान चुनलिन डेढ महिना अघि नेपाल आएका थिए भने जोउ सुमेइ केही दिनअघि मात्र नेपाल आएकी थिइन् । उनीहरू सो होटलमा सँगै बस्दै आएका थिए।
प्रहरीले बरामद गरेको सुनको परीक्षण सम्पन्न भइसकेको छ र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन बरामद सामग्रीसहित राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको बताइएको छ ।
























