काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले आवश्यक तयारी पूरा गरी उपनिर्वाचनको मिति तय गरिएको जानकारी दिएका छन् ।
२०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा विजयी भएका थिए । तर, स्वास्थ्य समस्याका कारण गत चैत १९ गते काठमाडौँस्थित ओम अस्पतालमा उपचारको क्रममा बोहराको निधन भएको थियो । त्यसयता रिक्त रहेको प्रतिनिधि पदमा उपनिर्वाचन हुन लागेको हो ।
























