चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तासाझेदार एमालेसँग बेलाबखत देखिने असमझदारीलाई स्वाभाविक बताएका छन् ।
शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले सत्ता गठबन्धनमा सहभागी भए पनि कांग्रेस र एमाले फरक–फरक दल भएकाले केही विषयमा असमझदारी हुनु सामान्य भएको बताएका हुन ।
‘सरकारमा एउटै गठबन्धन भए पनि फरक दृष्टिकोणका कारण कहिलेकाहीं बुझाइमा अन्तर पर्न सक्छ,’ देउवाले भने, ‘तर यो अस्वाभाविक होइन । सरकार आपसी सहमतिमा नै अघि बढिरहेको छ ।’
उनका अनुसार कांग्रेसको आग्रहपछि बजेटबाट ‘टेक एन्ड पे’ प्रणाली हटाइएको छ, जसले सरकारको निर्णयमा कांग्रेसको सक्रिय भूमिका देखिएको छ ।
प्रजातान्त्रिक आन्दोलनको योद्दा गौरीदेवी प्रधानको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता चितवन पुगेका छन् ।
























