रामेछाप । सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफ्नो दलले एमालेलाई सरकार सहकार्यमा धोका नदिने बताएका छन् ।
रामेछापमा कांग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा सिटौलाले एमालेसँगको सहकार्यमा विश्वासघात नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेता सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै आफूहरुलाई धोका दिएपछि एमालेसँगको सहकार्य गर्ने वातावरण बनेको स्मरण गराउँदै अहिले प्रचण्डले भनेजस्तो सरकार परिवर्तन हुने सम्भावना नभएको दाबी गरेका छन् ।
सिटौलाले एमालेसँगको सत्ता–सहकार्य २०८४ को निर्वाचनसम्म नै कायम हुने जिकिर गरेका छन् । उनले संविधान संशोधनमा सरकार केन्द्रित भएर छलफल थालेको स्पष्ट पारेका छन् ।