काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आइतबार दिउँसोदेखि यातायात सञ्चालन भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले विहानै बगाएपछि सडक अवरुद्ध भएको थियो ।
सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
























