काठमाडौँ । हिजो राति सरकारसँग भएको वार्ता सकारात्मक बनेको र आज पनि वार्ता हुने तयारी भइरहे पनि आन्दोलनतर शिक्षकहरुले आज २८ औँ दिनसम्म प्रदर्शन जारी राखेका छन् ।
विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेसहितका माग रोखर आन्दोलित भएका उनीहरुले आज नारा लगाउँदै भने ‘साह्रै दुःख पाइयो, शिक्षा ऐन चाहियो’, ‘अग्रगामी शिक्षा ऐन दिलाइदे, हामीलाई स्कुल पठाइदे,’ ‘हामी सडक छोड्दैनौं, शिक्षा ऐन नआए । हामी मर्न तयार छौँ, शिक्षा ऐन नआए’, ‘ओइ सरकार ओइ, शिक्षा ऐन खोइ ?’
शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन । आज हुने वार्ता सहमतिमा पुग्न सक्ने विश्वास व्यक्त गरिएको छ ।