काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताउँदै कतिपय कुरामा कम्परमाइज गरे पनि आधारभूत कुराहरुमा कम्परमाइज नगर्ने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले समस्याको मात्रै कुरा गरेर नहुने भन्दै समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताएका छन् ।
नेपाली समाजलाई आश्वास्त पार्ने जिम्मेवारी राष्ट्रिय शक्तिको जिम्मेवारी भएको भन्दै महामन्त्री थापाले त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसको रहेको बताएका छन् ।