अमेरिका । नारीहरुको सम्मानका लागि हरेक वर्ष झै यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । सन १९१० बाट शुरु भएको यो दिवसले यस वर्ष ११५औं बसन्त पार गरेको छ ।
हिमानी ट्रष्ट अमेरिका मेरिल्याण्ड ब्युरोले मार्च ८, २०२५ का दिन अमेरिकाको बाल्टिमोर शहरमा भब्य र उल्लासका साथ नारी दिवस मनाइएको छ ।
मेरिल्याण्डको चर्चित नेपाली सामुदायिक संस्था बानाको भवनमा आयोजित कार्यक्रममा लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिति थियो । हिमानी ट्रष्ट अमेरिका मेरिल्याण्ड ब्युरोद्वारा आयोजित कार्यक्रम ब्युरो की एम्वेसडर केमिका भण्डारीको अध्यक्षतामा र नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य चन्द्रलक्ष्मी शाहको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रमुख अतिथि चन्द्रलक्ष्मी शाहले नारीहरुले अहिलेको समयमा आफुलाई चुलो चौकोमा सिमित नगरि स्वस्फुर्त रुपमा सामाजिक तथा दैनिक जीवन ब्यवस्थापनका क्षेत्रमा अघि बढ्न अनुरोध गरेकी छिन् । नेपाल तथा संसार भरका सफल नारीहरुको उदाहरणीय कार्यको प्रशंसा गर्दै मौलिक कविता वाचन गरिन् ।
हिमानी ट्रष्ट मेरिल्याण्ड ब्युरोकी सुचना तथा संचार निर्देशक पार्वती सिंहको स्वागत मन्तब्यबाट शुभारम्भ भएको कार्यक्रममा भिम बिकेले नारी दिवसको ईतिहास र वर्तमान सन्दर्भका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बाना अध्यक्ष सुवोध विलास पन्त, पुर्व अध्यक्ष अनुसुया वन्त श्रेष्ठ, ब्युरोका आर्थिक प्रशासक सुशिला महत, प्रशासनिक प्रशासक राधा शर्मा, वरिष्ठ समाजसेवी पारसमणी श्रेष्ठ, सहभागीका तर्फबाट जयन्ती बोहोराले कार्यक्रमको सफलता, नारी दिवसको महत्व तथा हिमानी ट्रष्टले नेपाल तथा अमेरिकामा गरेका प्रशंसनीय कार्यको उच्च प्रशंसा गरेका छन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, सल्लाहकार जितेन गुरुङ तथा कोशीस भण्डारीले नारी दिवस बारे आफ्नो मन्तब्य राखेका थिए ।
अन्त्यमा कार्यक्रमका अध्यक्ष केमिका भण्डारीले हिमानी ट्रष्टकी संरक्षक हिमानी शाहको योगदानको उच्च मुल्यांकन गर्दै उहाँको नेतृत्वमा सम्पूर्ण नारीहरु अघि बढ्न समेत अनुरोध गरेकी छिन् । उनले कार्यक्रममा उपस्थित महानुभावहरुलाई धन्यवाद र आगामी दिनहरुमा यस्तै सहयोगको अपेक्षा राखिन ।
दमन विक्रम शाहले सञ्चालन गरेको कार्यक्रमलाई बानाका अध्यक्ष सुबोध विलास पन्तले आफ्नो ब्यक्तिगत तर्फबाट सहभागिहरुका लागि खानाको ब्यवस्था गरेका थिए ।