पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने
अमेरिका । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् । अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ ।