धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू अगामी १५ औं महाधिवेशनमा सभापतिको स्वभाविक दाबेदार भएको बताएका छन् ।
महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको बताउँदै कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने बताएका छन् ।
सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद र असमझदारी नभएको दाबी गरेका छन् ।
अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताउँदै नेता कोइरालाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको पनि बताएका छन् ।