काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुनुभएको छ ।
उहाँ गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी शनिबार अपराह्न डिस्चार्ज भएको दिएका छन् ।
यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।