काठमाडौं । काठमाडौं महानगरपालिका–१०, शंखमुलमा पुल हाउस सञ्चालक रुपक बान्तवाको हत्या भएको छ ।
खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका ४० वर्षीय बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार गएराति करिब १ः४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका उनको सिभिल अस्पतालमा उपचारका क्रममा राति अढाई बजे मृत्यु भएको हो ।
बान्तवाले शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए ।
उनको हत्या कसले र किन गर्यो भन्ने खुलीनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।