काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा खाने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सम्वन्धित निकायलाई सुचित गराएको छ ।
पानी उत्पादक कम्पनीहरूले एकै प्रकारको गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी राखि बिक्री–वितरण भएको गुनासो आएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको भन्दा बढी लिइएको पाइए कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
विभागका उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकेको छ भने एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
यो मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्ट, पसल, अफिससँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको पाइए कडा कारवाही हुने विभागले चेतावनी दिएको छ ।