काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ । २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।
गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालकाे कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।
नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।
त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ उत्र्तिणका लागि कम्तीमा ३५ प्रतिशत अंक ल्याउनु पर्छ ।