काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा विमानका पाइलट मनिष रत्न शाक्यको उपचार भइरहेको छ ।
अहिलेसम्म १५ जनाको शव निकालिएको र अहिले शव टिचिङ अस्पताल लैजादै गरिएको प्रहरीले जानकरी दिएको छ ।
विमानलाई काठमाडौँबाट पोखरा मर्मतका लागि लैजाने क्रममा दुर्घटना भएको हो । विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए ।
त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए ।
प्रहरीले चार जनाको उद्दार गरिएको बताए पनि नागरिक उड्डयन प्राधिकरणले १९ जना मध्ये १८ जनाको शव निकालिएको जनाएको छ ।