काठमाडौं । विद्युत अवरुद्ध भएर करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार चल्न थालेको बताइएकाो छ । दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको बताइएको छ ।
विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका ८ यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएपछि केवलकार सञ्चालनमा आएको बताइएको छ ।
डिब्बामै अड्किएका यात्रु उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली खटेका थिए ।
स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्याङ लगाएर उद्धार गरिएको थियो भने जंगलको बिचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्ने प्रयास भइरहेका बेला केवलकार सञ्चालनमा आएको हो ।