चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । प्रहरीले दुवै बसमा ५४ भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ । बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ।
प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको बताएको छ । एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ।
उक्त बसका चालक, सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता छन् । बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय बताइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर सहित ७० जनाको टोलीले नदीमा बेपत्ताको खोजी थालेका छन् ।
यसै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृहप्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
उनले भनेका छन्- रायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’
पहिचान भएका वेपत्ता यात्रुहरु