काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी पनि दिएको छ।
एसईईको नतिजा नेपाल टेलिकमको आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट थाहा पाउन सकिने जनाएको छ भने
टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने छ।
त्यस्तै मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने बताइएको छ ।
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।
त्यसैगरी निजी क्षेत्रको दूर सञ्चार प्रदायक संस्था एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ।
परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ ।
तलको सूचनामा दिइएका वेभसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

























