काठमाडौं । गृहसचिव एकनारायण अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरीका र्आइजीसहित पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको हो ।
गृहसचिव अर्यालसँगै नेपाल प्रहरीका आईजी वसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एक एसएसपी अमेरिका प्रस्थान गरेका छन् ।