काठमाडौँ । बौद्ध क्षेत्रबाट ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राती बौद्धस्थित तीनचुली क्षेत्रबाट पक्राउ गरेको हो ।
चिनियाँ मूलका जस्ता देखिने ती व्यक्तिको साथबाट सोनाम गुरुङ नामको एउटा नागरिकता पनि फेला परेको प्रहरीले जनाएको छ । नागरिकता नक्कली भएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अहिले वरामद सुनको तौल लिने काम भइरहेको वताउँदै प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गरेर ती व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ ।