काठमाडौं । तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘ग्रुप अन ट्रेडिङ डिलर’मा भएको आगलागीमा धनुषाका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ का २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन ।
घाइते दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

























