काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित एक चिनियाँ होटलमा छापा मारेको छ ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा सीआईबीले छापा मारेको हो ।
हुन्डी कारोबारको आशंकामा छापा मारिएको र हुण्डी रकमसहित तीनजनालाई नियन्त्रणमा लिएको सीआईवी स्रोतले बताएको छ ।
उक्त होटल सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा दर्ता रहेको छ ।
माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भइसकेको छ ।