काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान साँढे सात बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले बताएका छन् ।
घाइतेहरुलाई उपचारका लागि बाह्रबिसेतर्फ लगिएको बताइएको छ । बेहुला बेहुली सो बसमा थिए कि थिएनन् भन्ने खुलाइएको छैन ।