काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल र उमेशराज जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
एआईजीद्वय मीरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाने भएपछि रिक्त हुने पदमा जोशी र ढकाललाई बढुवा सिफारिस भएका हुन ।
त्यस्तै प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उपसमूहका डाक्टर देउती गुरुङलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ ।