काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका छन् ।
आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा लामिछानेले समाजमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका हुन । उनले लागू औषध नियन्त्रण गर्न देशभरमा नै संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा साम्पाङले बिभिन्न बिषयमा सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।




















