काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।
बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।
बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ । यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गइसकेका छन् ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन । सत्ता सहयात्रा सुरु गरेका प्रमुख दुई दलका नेताहरुको चीन भ्रमणलाई राजनीतिक रुपमा समेत अर्थपूर्ण मानिएको छ ।