काठमाडौं । राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचारीको आरोप लगाएपपछि पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले कुटाइ खाएका छन् ।
उनीमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् ।
आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेका थिए ।
लगत्तै पाण्डे बाहिर निस्केर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएका थिए। श्रेष्ठ बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन्। पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई लखेटीलखेटी कुटेका थिए ।
श्रेष्ठ पार्टी कार्यालयभित्रै कुटिएका हुन् । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो ।




















