काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ सत्ता समीकरण बनेकै दिनदेखि असफल पार्न दक्षिणपन्थी शक्तिहरूले चलखेल र षड्यन्त्र सुरु गरेको दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले शनिबार सरकारलाई शुभकामना दिँदै नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको उल्लेख गरेका हुन् ।
उनले नेपाली जनता अन्याय, कुशासन, ढिलासुस्ती, प्रतिगमन, भ्रष्टाचार र आत्मसमर्पणका पक्षमा नभएको दाबी गरे ।
नेपाली जनता सधैँ अग्रगति र प्रगतिका, न्याय, सुशासन र समृद्धिका पक्षमा रहेका छन्।
उनले आजको त्रिशंखु संसदमा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य भएको टिप्पणी गरे । एकीकृत समाजवादी पार्टी नयाँ समिकरणमा आबद्ध भएको उल्लेख गर्दै खनालले यो आजको ऐतिहासिक आवश्यकता भएको टिप्पणी गरे ।




















