काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धन परिवर्तनलाई ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले विदेशीले धाप मार्ने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा गठबन्धन तोड्ने/जोड्ने प्रवृत्ति देखिएको आरोप लगाएका हुन्।
उनले भने, ‘जुन प्रवृत्ति देखियो यसलाई भ्यागुते प्रवृत्ति भन्छु म। बरु भ्यागुतालाई समातेर जोख्न सकिन्छ। तर,अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला । कतिखेर कुन विदेशीले कतिबेला धाप मारिदिन्छ, कतातिर बुर्लुक्क उफ्रिदिनुहुन्छ। थाहै हुँदैन । यो उफ्राइले काठमाडौंमा मात्रै नभइ सातवटै प्रदेशका सरकार गर्ल्यामगुर्लुम ढलिदिन्छन् ।’




















