काठमाडौँ । जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । पार्टीको बिहीबार बिहान बसेको कार्यकारिणी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका छन् भने उनले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने छन् ।
त्यस्तै नवलकिशोर साह वन तथा वातावरण, स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय भएको जसपाका एक नेताले बताएका छन् ।




















