काठमाडौंं । नयाँ गठवन्धनको सरकारमा जाने कि नजाने भन्ने दुई धारमा रहेको जनता समाजवादी पार्टी (जसपा) को आज वैठक बस्दैछ ।
आज बस्ने केन्द्रीय कार्यकारिणी समितीको बैठकले सरकारमा सहभागी हुने/नहुने कुनै एक निर्णय लिने नेताहरुले बताएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष सरकारमा सहभागि हुनुपर्ने पक्षमा छ भने अर्को पक्ष सरकारमा जान नहुने पक्षमा छन् । दुई मन्त्रालय पाएको जसपाका अध्यक्ष यादव आफै मन्त्री बन्ने सोचमा छन् ।
संघमा १२ सांसद रहेको जसपा मधेश प्रदेश सरकारको नेतृत्व छ । मधेश सरकार चार वर्षकै लागि सुरक्षित रहने अबस्था सुनिश्चित भए मात्र संघीय सरकारमा जान सकिने अधिकांश कार्यकारिणी सदस्यको जोड छ । तर जसपा नयाँ गठबन्धनमा सहभागी नभए मधेशमा सरकारबाट तत्कालै हट्नु पर्ने अवस्थामा पुग्ने छ । मधेश प्रदेशको नेतृत्व पाए सरकारमा जाने जनमत पार्टीले बताउँदै आएको छ । त्यसैले जसपा सरकारमा सहभागी हुने र आझै मन्त्रीको टुंगो लगाउने सम्भावना देखिएको छ ।




















