काठमाडौं । नेकपा एमालेले आफ्नो भागमा परेको आठ मन्त्रालयमा कसकसलाई पठाउने भन्ने टुंगो लगाएको छ । एमालेले गत वर्ष प्रचण्ड नेतृत्वकै सरकारमा छोटो मौका पाएका तर काम गर्ने अवसर नपाएकाहरुलाई पदम गिरी, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साहलाई पुनः मौका दिएको छ । रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् ।
एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाउने पार्टी भएको छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएपनि अन्यको मन्त्रालय टुंगो लागिसकेको छैन ।
नयाँ मन्त्रीहरुले आजै साँझ ५ बजे सपथ लिनेछन् ।




















