काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर नयाँ गठवन्धनमा आउन आग्रह गरेका थिए ।




















