काठमाडौं । नयाँ सत्ता समीकरणको भागबण्डा मिलाउन चार दलको बैठक बालुवाटारमा जारी रहेको छ ।
बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताबीच मन्त्रालयको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
नयाँ सत्ता समीकरणपश्चात ८ बुँदे सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।
सहमति अनुसार सोमबार प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीहरूलाई हटाएर एमाले, माओवादी, रास्वपाका एक/एक जनालाई साथमा लिएर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
नयाँ गठबन्धन बनेपछि आज विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ ग्रहण गरिसकेका छन् ।




















