काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्मो बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने बताइएको छ ।
सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेससहितको गठबन्धन टुटेको छ ।
कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि सभापति देउवाले ३७ जनालाई मात्रै बोलाएको स्रोतको दावी छ ।
सोमबार बनेको नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनबाट एमालेका पदम गरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल मन्त्री बनिसकेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।




















