काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल ‘पर्ख र हेर’ को अवस्थामा रहने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो समय गठबन्धन टुट्नेगरी प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने बताए ।




















