काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बुझ्न नसक्ने मान्छे भन्ने गरेको तर आफू कस्तो हो छलङ्ग भएको बताएका छन् ।
सहिद प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा उनले आफू रहेसम्म राजनीतिमा उथल पुथल भइरहने समेत बताए ।
उनले कांग्रेससँगको सहकार्य राम्रो नभएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’
गठबन्धन परिर्वतन गरेका प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ ।




















